सम्पर्कविहीन भनिएका सांसद शाही चरक अस्पतालमा

पोखरा । गण्डकी प्रदेश सभामा अनुपस्थित रहेका सांसद खिम बिक्रम शाही चरक अस्पतालमा रहेका छन् ।

मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव निणयार्थ पेश हुने र मतदान हुने दिनमा हराएका जनमोर्चा सांसद शाही पोखरा नागढुङ्गा स्थित चरक अस्पतालमा रहेको स्रोतले बतायो ।

शाहीका स्वकीय सचिवले उनी विरामी रहेकाले उपचाररत रहेको जानकारी फेसबुक मार्फत गराएका छन् ।

कमेन्टहरु
Loading...