प्रदेश सभाका माननीय र मर्यादापालकमा कोरोना पोजिटिभ, मतदान गर्न पाउने

गन्थन डेस्क

गण्डकी प्रदेश सभाका २ सांसद र २ मर्यादापालकमा कोरोना पोजिटिभ देखिएको छ ।

गत सोमबारदेखि सुरु भएको विशेष अधिवेशनमा नेकपा एमालेले सांसदको स्वाब परीक्षण गरेर मात्रै संसद सुचारु गर्ने अडान राखेपछि मंगलबार सबैको स्वाब लिइएको थियो ।

स्वाब लिइएकामध्ये ४ जनाको रिपोर्ट पोजिटिभ आएको विशेष स्रोतले जानकारी दिएको छ । रिपोर्ट पोजिटिभ देखिएपनि सांसदहरूले मतदान गर्न भने पाउनेछन् ।

कमेन्टहरु
Loading...