जापानमा कोरोनाबाट निधन हुने १० हजार जना भन्दा बढी

एजेन्सी । जापानमा त्यहाँको सरकारले तेस्रो पटक संकटकाल घोषणा गरेको दोस्रो दिन सोमबार सार्वजनिक गरिएको तथ्यांकमा यहाँका संक्रमितमध्ये अहिलेसम्ममा १० हजार जनाको ज्यान गएको बताइएको छ ।

यहाँ संक्रमणको घोषणा गरेपछिको दोस्रो दिनमै सोमबार मात्र यहाँ कोरोना भाइरसबाट संक्रमितको संख्या झन धेरै देखिएको बताइएको थियो । यहाँ अहिलेसम्ममा ५ लाख ६६ हजार जनाभन्दा बढी नागरिक संक्रमित भएका बताइएको छ । यहाँका अधिकारीहरुले पछिल्ला केही हप्तामा जापानमा संक्रमण हुने र निधन हुने दर बढिरहेको पनि बताएका छन् । जापानका स्वास्थ्यमन्त्री र स्थानीय सरकारका अधिकारीहरुले मंगलबार दिएको जानकारी अनुसार आजसम्ममा यहाँ यो संक्रमणबाट निधन हुने १० हजार पुगेका छन् ।

जापानको राजधानी टोकियो र त्यसपछि यहाँका पश्चिमी प्रान्तहरु सहर ओसाका, क्योटो र ह्योगोमा यहाँका प्रधानमन्त्री याशिहिदे सुगाले आइतबार संकटकालको घोषणा गरेका थिए । सो संकटकालपछि यहाँ सोमबार मात्र कम्तीमा ३ हजार ३ सय जना जतिमा यो संक्रमण देखिएको बताइएको छ । राजधानी टोकियोसहित कोरोना भाइरसबाट बढी प्रभावित अन्य सहर कानागावा, सैतामा, चिबा, ओसाका, ह्योगो र फुकुओकामा लागु गरिएको हो । यहाँ कोरोना विरुद्धको खोपको काम भने निकै ढिला भएको बताइएको छ । यहाँका अधिकारीहरुले कारोनाको खोप दिन ढिला गरिरहेकोले आलोचना भइरहेको बताइएको छ । रासस

कमेन्टहरु
Loading...