कोरोनाबाट अति प्रभावित भारतलाई मेडिकल सामग्री पठाउँदै डब्लुएचओ

कोरोना संक्रमण तिब्र फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले भारतमा मेडिकल सामग्री पठाउने भएको छ ।

डब्ल्युएचओका प्रमुख ट्रेडोस अदानोम गेब्रिएसएसले अतिप्रभावित भएको भारतमा महत्वपुर्ण मेडिकल सामग्री पठाउन लागिएको बताएका छन् ।

उनले अक्सिजन, मोबाइल अस्पताल र ल्याबहरुको व्यवस्थापनमा ध्यान केन्द्रित गरेर आफूहरुले काम गरेको बताएका छन् ।

कोरोनाको नयाँ भेरियन्टका कारण सङ्क्रमित बढेसँगै भारतका विभिन्न अस्पतालमा अक्सिजनको अभाव भइरहेको छ भने शैय्या पाउन मुस्किल हुँदा कयौँ संक्रमितको मृत्यु भइरहेको छ ।

मेडिकल सामग्रीको अभाव हुन थालेपछि अमेरिकासहित युरोपियन मुलुकहरूले पनि भारतमा मेडिकल सामग्री आपूर्तिको घोषणा गरेका छन् ।

कमेन्टहरु
Loading...