त्रिवि अन्तरगतका सबै परीक्षा स्थगित

काठमाडौं । कोरोना भाइरस संक्रमणको दर उच्च वृद्धि भएसंगै त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ । आज त्रिभुवन विश्वविद्यालयले एक सुचना जारी गर्दै कोरोनाका कारण पूर्वनिर्धारित वार्षिक तथा सेमेस्टरका सबै परीक्षा स्थगित गरेको जानकारी दिएको हो ।

‘त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुको वार्षिक तथा सेमेस्टर प्रणालीका स्नातक एवं स्नाकोत्तर तहका विभिन्न परीक्षा सञ्चालित भइरहेका र सञ्चालनको प्रक्रियामा रहेको अवस्थामा कोभिड १९ को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्न स्थानहरुमा लकडाउन तथा निषेधाज्ञाका कारण हाल सञ्चालित तथा सञ्चालनको प्रक्रियामा रहेका सम्पूर्ण परीक्षाहरु यथास्थितिमा सञ्चालन गर्न नसकिने परिस्थिति सिर्जना भएकाले आज मिति २०७८/१/१३ गते बसेको त्रि.वि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकको निर्णयअनुसार पूर्व निर्धारित भए अनुसारको त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु २०७८/१/१४ देखि अर्को सुचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकशित गरिएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

कमेन्टहरु
Loading...