कर्णाली । कर्णाली प्रदेशमा आफ्नो पार्टीको ह्वीपलाई अटेर गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका ४ जना नेकपा एमालेका सांसदको पद औपचारिक रुपमा नै गएको छ ।
मुख्यमन्त्री शाहीले विश्वासको मत माग्ने भनिरहँदा नेकपा एमालेले कर्णाली प्रदेशका रहेका आफ्नो सांसदलाई मत नदिन ह्वीप नै जारी गरेको थियो । तर उनीहरु ४ जना सांसदले नै पार्टीको ह्वीपलाई उल्लंघन गर्दै शाहीलाई विश्वासको मत दिएका थिए ।
प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा तथा अम्मरबहादुर थापाले आफ्नो सांसदको पद गुमाएका छन् । आफूलाई विश्वासको मत दिए पछि मुख्यमन्त्री शाहीले प्रकाश ज्वालालाई बाहेक अन्य ३ जनालाई मन्त्रीका रुपमा नियुक्त गरिसकेका छन् ।
हाल उक्त प्रदेशमा अम्मरबहादुर थापा भौतिक पूर्वाधार तथा विकासमन्त्री, कुर्मराज शाही भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री र नन्दसिंह बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् ।
४ जना सांसदलाई नै मुख्यमन्त्री शाहीले आफूलाई विश्वासको मत दिनासाथ मन्त्रीका रुपमा नियुक्त गरेका थिए ।