काठमाडौं । बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मी पठाउने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको छ । कोरोना भाइरस संक्रमणको अवस्था बाँकेमा भयावह बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले भेरी अस्पतालका ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो ।
जिल्लामा कोरोना भाइरस संक्रमणको अवस्था भयावह भएको भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रसारण भएको थियो । त्यसपछि मन्त्रालयले उक्त अस्पतालका लागि ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो ।
मन्त्रालयका प्रमुख स्वास्थ्य विशेषज्ञ डा.महेन्द्र श्रेष्ठले स्थलगत निरीक्षण पश्चात् कोरोनाका कारण भएको बाँकेको भयावह अवस्थाका बारेमा जानकारी गराएका थिए । सो जानकारी पश्चात् भेरी अस्पतालमा ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय भएको हो ।
यस्तै जिल्लाको नेपालगञ्ज मेडिकल कलेजलाई समेत मन्त्रालयले विभिन्न सामाग्री प्रदान गर्ने भएको छ । ६० वटा अक्सिजन सपोर्ट सहितका बेड रहेका उक्त मेडिकल कलेजलाई सरकारले ५० बेडको हाई डिपेन्डेन्सी युनिट (एचडियु) निर्माणका लागि सामाग्री दिने निर्णय गरेको हो ।