सत्यवतीलाई जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि

तनहुँ संवादाता । जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि सत्यवती माविले जितेको छ । विभिन्न विधामा गरी सत्यवतीले १२ पदक प्राप्त गरी प्रथम भएको हो ।

६ स्वर्ण, तीन रजत र तीन कास्य पदक जितेको सत्यवतीले मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै आँबुखैरेनी गाउँपालिकाको मित्रता माविले ५ स्वर्ण, दुई रजत र दुई कास्य प्राप्त गरी दितीय भएको छ भने शुक्लागण्डकी नगरपालिकाको पन्चमुनीदेव माविले तीन स्वर्ण, दुई रजत र एक कास्य पदक जितेर तृतिय स्थान हासिल गरेको छ । द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयले ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् ।

जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा शुक्बारदेखि दमौलीमा प्रतियोगिता सुरु गरिएको थियो । खेलकुदले व्यक्तिको शारिरीक विकासका साथसाथै मानसिक विकाससमेत गराउने भएकाले यस्ता खालको प्रतियोगिता बेलाबेलामा संचालन गर्नुपर्ने सचिव तुल्सीराम पाण्डेले बताए ।

प्रतियोगितामा जिल्लाका दशवटै स्थानीय तहबाट आएका विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । भलिवल, कबड्डी, तेक्वान्दो, कराँतेलगायतका खेलमा विद्यार्थीहरुवीच प्रतिस्पर्धा भएको थियो ।

कमेन्टहरु
Loading...