चितवनमा कोरोनाका कारण १ महिलाको निधन

चितवन । कोरोना भाइरस कोभिड–१९ का कारण एक महिलाको निधन भएको छ ।

निधन हुनेमा रत्ननगर नगरपालिका–२ की ३९ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ । निमोनियको समस्याका कारण वैशाख ७ गते पुरानो मेडिकल कलेजमा भर्ना भएकी उनको उपचारका क्रममा आज बिहान ४ बजे निधन भएको हो ।

अस्पताल भर्ना भएकी उनमा वैशाख ९ गते कोभिड संक्रमण पुष्टि भएको थियो । कोभिड संक्रमण पुष्टि भएसँगै उनी चितवन मेडिकल कलेजको कोभिड सघन उपचार कक्षमा भर्ना भएकी थिइन् ।

कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको निधन भएको हो । रासस

कमेन्टहरु
Loading...