एक्साभेटर र जेसीवीसहित ११ सवारी साधन नियन्त्रणमा

तनहुँ संवादाता । प्रहरीले एक्साभेटर र जेसीवीसहित ११ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ ।

बन्दीपुर, शुक्लागण्डकी र आँबुखैरेनीबाट अवैध रुपमा गिटी बालुवा ओसारपोसार गर्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
आँबुखैरेनी, शुक्लागण्डकी तथा बन्दीपुर गाउँपालिकाबाट अवैध रुपमा गिटी बालुवा लोड गरी लैजादै गर्दा ११ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

सराङघाटबाट दमौलीतर्फ ल्याउदै गरेको अवस्थामा ती सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिइ गाउँपालिकाको कार्यालय बुझाएको हो । आ आफना पालिकाले जरिवाना गराइ ती सवारी साधनलाई छाडेको छ । पछिल्लो समय जिल्लाका विभिन्न ठाउँमा अवैध रुपमा गिटी बालुवा उत्खनन् गरी लैजाने क्रम बढेको छ ।

कमेन्टहरु
Loading...