‘कागज पुर्याएर अस्पताल आउ“दासम्म बिरामी मरिसक्छन्’

Purushottam Sunar
Purushottam Sunar

पुरुषोत्तम सुनार
दैनिक जसो हेलिकप्टर र जहाजको आवाज । बस्तीस“गै जोडिएको पृथ्वी राजमार्ग । शहरीकरणको तिब्र विकासस“गै च्याउ सरी खुलेका अस्पताल । देशकै पर्यटकीय राजधानी पोखरा । सोच्नुहोस् त ? यही“ ठाउ“का बासिन्दाले खानेपानी र स्वास्थ्य उपचारको सेवा पाएका छैनन् भन्दा कस्तो होला ? यस्तै समस्यामा छन् पोखराका सुकुम्बासीहरु । सुकुम्बासीबस्तीमा खानेपानी संस्थान र नगरपालिकाले धारा जडानमा चासो नदिदा“ सडकछेउमा फुटेका पाइपवाटवाट पानी संकलन गरेर प्रयोग गर्न बाध्य छन् । ‘मोटर गुडेको बेला फुटेका नालाबाट सडकमा जम्मा भएको पानी प्रयोग गर्न बाध्य छौं, पोखरा–९ पार्वती टोलकी ५२ वर्षिय सकुन्तला बस्नेतले भनिन्–‘हामीलाई राज्यले सौतेनी व्यवहार गरेको छ ।

सक्नेहरुले त किनेर खान्छन्, हामी जस्ता नसक्नेहरुले सडकवाटै उठाएर खानुपर्ने अवस्था छ’–टोलमा एक–दुई वटा सार्वजनीक धारा भएपनि पानी भने आउदैन् उनले गुनासो गरिन् । दुई सय लिटर पानीका लागि टोलवासीले दैनिक जसो ७० रुपैया“ तिर्नुपर्ने स्थानीयको भनाई छ । राज्यले दिनुपर्ने आधारभूत सेवा सुविधाबाट बञ्चित बनेका उनीहरुको पीडा सुन्दा जोकोहीको पनि मनमा चसक्क हुन्छ । पोखराको सेती नदी किनारमा छापा बनाएर बसेका उनीहरुलाई टोलमा पानीको मात्र होईन बिरामी हुदा“ जाने स्वास्थ्य चौकी पनि छैन् । ‘धुवा“ र धुलो, स्वच्छ खानेपानीको अभावले टोलका बासीन्दाहरु बिरामी भैरहेका हुन्छन् पोखरा–९ शिव टोल विकास संस्थाका सचिव पुर्णवहादुर गुरुङले भने–‘गाविसमा जती जनसंख्या भएको यस ठाउ“मा स्वास्थ्यचौकी नहुदा“ सके पनि नसके पनि क्लीनिक जानुपर्छ । छन् त यहा“ ठूला अस्पताल पनि छन् । सरकारले निशुल्क उपचार गर्छ पनि भन्छन् तर हाम्रो पहु“च नपुगेकाले अस्पतालमा विरामीको निशुल्क उपचारका लागि भर्ना लिदैन्न् । कागज पु¥याएर आउनुस् भन्छन्, कागज पु¥याएर आउदा“ सम्म विरामी मरिसक्छ ।’

‘विरामी पर्दा सरकारी गण्डकी अस्पताल गएपनि रिफर गरेर नीजि मणीपाल वा अन्य अस्पताल पठाइदिन्छ, उनले भने–‘हामीस“ग नीजि अस्पतालमा उपचार गर्ने पैसा कहा“ छ र ।’ गणतन्त्र टोल, पार्वती टोल, शुभकामना टोल, शिव टोल र कृष्ण गरी पा“चवटा टोलमा करिव ८ सय घर परिवार बस्दछन् । यहा“का बासीन्दाहरु विशेष गरी घर ढलानमा ज्यालामजदुरीको काम गर्दछन् । जनस्तरमा जनचेतनाको कमी रहेको यस बस्ती फोहोरको डुङगुरमा निर्माण भएका छन् । धुलो धुवा“, उचित ढलको निकासा नहुनु, खानेपानी, स्वास्थ्य, बाटो लगाएतको समस्या यस ठाउ“को प्रमुख समस्या भएको स्थानीय बताउछन् । यतिधेरै समस्या भएपनि यस क्षेत्रका बासीन्दाहरुले स्कूल निर्मँण र मासिक बचतका कार्यक्रम गरिरहेका छन् । सुकुम्बासी बस्तीले पोखरा उपमहानगरपालिकामा टोल विकास संस्था पनि दर्ता गराएका छन् । कानूनी रुपमा टोल विकास संस्था दर्तँ गराएपनि आफ्नो टोलमा नगरपालिकाले उपलब्ध गराउनुपर्ने सेवा सुविधा भने उपलब्ध नगराएकोमा टोलवासीहरु आको्रश पोख्छन् ।

बसाई सराईको उच्च वृद्धिदरले सहरी गरिबी बढ्दै छ । पानी, बाटो, स्वास्थ्यचौकी, लगाएतका आधारभूत सेवा सुविधाको विस्तार गर्न नसक्दा सहरी क्षेत्रमा बस्ने सहरी गरिबहरुको स्वास्थ्यमा नराम्रो असर परेको छ । सुकुम्बासी लगाएत सहरी गरिवहरुलाई राज्यले हुर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन नहुदा“ यिनीहरुको जीवनशैली सहज देखिदैन् । त्यसैले टोलमा सफा सुग्घर राख्नुपर्छ भन्ने ज्ञानको अभावले होला बस्तीका गल्लीहरुमा फोहोरहरु लथालिङग देखिन्छन् । धुम्रपान र मद्यपान गर्नेहरु यस टोलमा बढी देखिन्छन् । सरकार र सरोकारवाला निकायले सहरी गरिवहरुलाई वातावरणले पारेको प्रभाव र ती मान्छेहरुका कारण वातावरणमा परेको असरलाई कम गर्नेतर्फ सोच्नुपर्ने देखिन्छ । जनचेतना अभिवृद्धिमा जोड दिनुपर्छ ।

कमेन्टहरु
Loading...