बागलुङका ३ वडामा निषेधाज्ञा

बागलुङ । विद्यालय र समुदायमा एकैदिन ठूलो संख्यामा कोरोना संक्रमण पुष्टी भएपछि बागलुङको बलेवा क्षेत्रका तीन वडामा १० दिनका लागि निषेधाज्ञा घोषणा गरिएको छ ।

हिजो एकै दिन ३९ जना शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भए लगत्तै जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले हिजो रातीदेखि लागु हुनेगरी लकडाउन घोषणा गरेको हो ।

बागलुङ नगरपालिकाका वडा नम्बर १२, १३ र १४ मा दश दिनका लागि निषेधाज्ञाको घोषणा गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख तथा जिल्ला कोभिड संकट व्यवस्थापन समितिका स्रोतव्यक्ति सुरज गुरौले जानकारी दिए ।

कमेन्टहरु
Loading...