बागलुङ नगरपालिका : पुल प्रवेश गर्दा कर तिर्नुपर्ने, विदेशीलाई ५० रुपैँया

संसारकै सबैभन्दा लामो पुल भनेर दाबी गरिएको बागलुङ र पर्वत जोड्ने पुल प्रवेश गर्दा पैसा तिर्नुपर्ने नियम बनाइएको छ ।

बाग्लुङ नगरपालिकाले सूचना नै जारी गरेर बाङ्गेचौर अदुवारी पुलमा प्रवेश गर्दा पुर्वाधार उपयोग कर भन्दै नेपाली नागरिकका लागि साधार शुल्क  २० रुपैँया , ज्येष्ठ नागरिक, अपांग र विद्यार्थीलाई १० रुपैँया र विदेशी नागरिकलाई भने  ५० रुपैँया शुल्क तोकिएको जानकारी गराएको छ ।

उक्त पुल उपयोगका लागि बाग्लुङ र कुश्मा नगरपालिकाका स्थानीयहरुलाई भने कुनै शुल्क नलाग्ने नगरपालिकाले जनाएको छ ।

कमेन्टहरु
Loading...