जापानले ५ मिनेटमै कोभिड परीक्षण गर्ने प्रविधि पत्ता लगायो

एजेन्सी । जापानले ५ मिनेटमा नै कोभिड १९ को संक्रमण भए नभएको बारेमा थाहा पाउने प्रविधि पत्ता लगाएको जनाएको छ ।

जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट सो प्रविधि पत्ता लगाइएको बताइएको हो । यहाँका राष्ट्रिय सञ्चारमाध्यमहरुले मंगलबार यो समाचार सार्वजनिक गरेका छन् ।

हाल जापानमा पनि पिसिआर टेस्ट नै प्रचलनमा छ । तर पनि यो प्रविधिबाट हाल कोभिड १९ को भाइरस पत्ता लगाउनका लागि कम्तीमा पनि १ घन्टा समय लाग्ने गरेको छ । अब भने कुनै पनि व्यक्तिको स्याम्पल लिएको ५ मिनेट भित्रैमा उसको शरीरमा कोभिड १९ पोजेटिभ भए नभएको पत्ता लाग्ने छ । यो प्रविधिले अब यहाँ कोरोनाको संक्रमणको परीक्षण गर्न र समयमै यो पत्ता लगाउनका लागि ठूलो सहयोग पुग्ने कुरा विज्ञले जनाएका जापानको राष्ट्रिय टेलिभिजन संस्था एनएचकेले जनाएको छ ।

उक्त इन्स्टिच्युटका एकजना वैज्ञानिक रिकेन वातानावेले यो प्रविधिबाट परीक्षण गर्नका लागि कुनै जटिल प्रक्रिया नभएको र सामान्य रुपमा र थोरै उपकरणको सहायताबाट पत्ता लाग्ने जानकारी दिएका छन् । रासस

कमेन्टहरु
Loading...