पोखरा । वैशाख १३ गते गण्डकी प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुखले गत २ गते राती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेका थिए ।
आफूविरुद्ध संसद्माले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेपछि मुख्यमन्त्रीले अधिवेशन अन्त्य गर्न सिफारिस गरेका हुन् । तर, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संवैधानिक व्यवस्थाअनुसार विशेष अधिवेशनको माग गरेका थिए ।
सोही मागलाई मध्यनजर गर्दै प्रदेश प्रमुख अमिक शेरचनले आगामी १३ गते विशेष अधिवेशन डाक्न सिफारिस गरेका हुन् । कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाको चार दलीय मोर्चाले बैशाख २ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।