लुम्बिनी प्रदेशमा जसपा सांसदको युटर्न, मुख्यमन्त्री पोखरेललाई साथ दिएपछि मन्त्री उपहार

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका ३ जना केही घण्टामा नै युटर्न भएको छन् । जनता समाजवादी पार्टी (जसपा) का ३ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

तर उनीहरु केही घण्टामा नै युटर्न भएका हुन् । उनीहरुले अब पोखरेल नेतृत्वको प्रदेश सरकारमा सहभागी हुने भएका छन् । स्रोतका अनुसार पोखरेलले उनीहरुलाई मन्त्री बनाएका छन् । अहिले केही बेरमा उनीहरुले सपथ ग्रहण गर्ने कार्यक्रम समेत तय भएको छ ।

पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसद विजय यादव, सुमन रायमाझी तथा सन्तोष पाण्डेले युटर्न लिएर प्रदेश सरकारमा सहभागी हुने भएका हुन् । उनीहरुले प्रदेश प्रमुख पोखरेलको विरुद्धमा दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । यस्तै हस्ताक्षर नगरेकी जसपा नेतृ कल्पना पाण्डे समेत मन्त्री बन्ने पक्का भएको छ ।

कमेन्टहरु
Loading...