काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा जनता समाजवादी पार्टी (जसपा) नेपाल का प्रदेशसभा सदस्य मिलेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री ईश्वर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । नयाँ मुख्यमन्त्रीका रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गर्दै मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव लिएर उनीहरु प्रदेशसभा सचिवालयमा पुगेका छन् ।
२०८१ पुष ८ गते सोमबार