दुई दिने बाख्रापालन सम्वन्धि तालिममा २५ जना सहभागी

तनहुँ संवादाता । शुक्लागण्डकी नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा गरिएको दुई दिने बाख्रा पालन सम्बन्धि तालिम सम्पन्न भएको छ ।

बाख्रा पालन पकेट क्षेत्र सुदृढ कार्यक्रम अन्तर्गत नगरपालिकाको पशु शाखाले कृषकलाई शनिबार र आइतबार तालिम दिएको हो । बाख्रा पालनले कृषकको जिवनस्तर उकास्नको लागि सहयोग पु्रयाउने शुक्लाण्डकी नगरपालिका–६ का वडाध्यक्ष कृष्णबहादुर पौडेलले बताए ।

‘तालिम लिएपछि तालिममा सिकेको सिकाईलाई व्यवहारमा उर्तान आवश्यक छ,’ उनले भने । ‘किसानलाई निर्वाहमुखी कृषी प्रणालीलाइ प्रतिस्थापन गर्दै व्यवसायमुखी बनाउन वडाले महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ ।’

एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत नगरपालिकाले सञ्चाल गरेको बाख्रा पालन कार्यक्रमका लागी तीन लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।

यो रकमबाट तीन लाख रुपैयाँ कृषकलाइ २५ हजार रुपैयाँका दरले खोर सुधारका लागी अनुदान दिइने पशु शाखाका प्राविधिक इश्वर रेग्मीले बताए ।

८५ हजार रुपैयाँ घाँसका बिउ, औषधी र तालिमका लागी छुट्याईएको छ । तलिममा नगरका २५ जना कृषक सहभागी भएका थिए।

सहभागी किसानलाई पशु चिकित्सक हुमराज तिम्लिसिना, नगर पशु सेवा शाखाका प्राविधिक इश्वर रेग्मी, रामचन्द्र पौडेलले सहजीकरण गरेका थिए ।

कृषकलाई बाख्राका जात छनोट, खोर व्यवस्थापन, आहारा व्यस्थापन, आहाराको महत्व, प्रजनन र यसको असर, आन्तरिक परजिवी, माहामारी र यसका समाधानका उपाय लगातका विषयमा सहजीकरण गरिएको पशु सेवा शाखाका प्राविधिक इश्वर रेग्मीले बताए ।

कमेन्टहरु
Loading...