काठमाडौं । कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगाउन भूमिका खेलेका ३ जनालाई नेकपा एमालेले कारवाही गरेको छ । आज बसेको प्रदेश कमिटीको बैठकले पार्टीको साधारण सदस्य समेत नरहने गरेर कुर्मराज शाही, अमर थापा तथा नन्दसिङ बुढालाई कारवाही गरेको हो ।
कारवाहीमा परेका ३ जना नै प्रदेश कमिटी मातहतमा भएकाले प्रदेश कमिटीले नै कारवाही गरेको नेता यमलाल कँडेलले जानकारी दिएका छन् । यता प्रकाश ज्वाला महाधिवेशन कमिटी सदस्य हुन् । ज्वालालाई कारवाहीका लागि सिफारिस गरिएको कँडेलको भनाई छ ।
सांसदबाट ४ जनालाई नै कारवाही गर्न हिजै केन्द्रीय कमिटीमा सिफारिस गरिएको थियो । कारवाहीमा परेका ४ जनाले पार्टीको ह्वीप विपरीत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।