दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले शुक्रबार नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् ।

उनले यसअघि ४ पटकसम्म सांसद भएका किम बुक्युमलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् । उनी यसअघि आन्तरिक मामिलासम्बन्धी मन्त्री थिए । सो कुरा दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ ।

शुक्रबार उनले नयाँ प्रधानमन्त्री नियुक्त गरेको कुरा ब्लु हाउसले शुक्रबार नै विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो । उनको नियुक्तिलाई भने संसदीय सुनुवाई समितिले अनुमोदन गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

समाचारमा जनाइएअनुसार उनलाई केही दिनमा नै संसदीय समितिले अनुमोदन गर्नेछ । यदि उनी संसदीय सुनुवाईबाट अनुमोदन भएको भए भने वर्तमान मुन सरकारको उनी तेस्रो प्रधानमन्त्री हुने पनि बताइएको छ । वर्तमान मुन सरकार सन् २०१७ मा आएको हो ।

नयाँ प्रधानमन्त्री नियुक्त गरेसँगै उनले अरु ५ जना मन्त्रीलाई बर्खास्त गरेर नयाँ ५ जना मन्त्री राखेको बताइएको छ । यो मन्त्रीमण्डलसँगै दक्षिण कोरियाका राष्ट्रपति मुनले आफ्नो सचिवालयमा व्यापक मात्रामा फेरबदल गरेर नयाँ सदस्य राखेको बताइएको छ । रासस

कमेन्टहरु
Loading...