कोरोना संक्रमण देखिएको विद्यालय बन्द गर्ने काठमाडौं महानगरको निर्णय

काठमाडौं । काठमाडौं महानगरपालिकाले कुनै पनि विद्यालयका शिक्षक तथा विद्यार्थीमा कोरोना भाइरस संक्रमण देखिएको खण्डमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

त्यस्ता विद्यालय करिब १ हप्ताका लागि बन्द गर्ने काठमाडौं महानगरपालिकाले निर्णय गरेको हो । महानगरपालिकाका अनुसार कोरोना भाइरस संक्रमण भेटिएका विद्यालयमात्र बन्द हुने छन् ।

सबै विद्यालय एकै पटक बन्द गर्न पाइने छैन । यस्तै कोरोना भाइरस संक्रमण फैलिएका विद्यालयले १ हप्ता सम्म विद्यालय बन्ह हुँदा विद्यार्थीलाई भर्चुअलको माधयमबाट पठनपाठन गराउन निर्देशन दिएको छ ।

कमेन्टहरु
Loading...