माओवादी म्याग्दी जिल्ला सदस्य परियार एमाले प्रवेश

पोखरा । नेकपा माओवादी (केन्द्र) म्याग्दी जिल्ला कमिटी सदस्य तथ तथा बेनी नगरपालिका वडा ५ कमिटीका अध्यक्ष खडक परियार नेकपा (एमाले) प्रवेश गरेका छन् ।

परियारले विज्ञप्ती जारी गरेर माओवादी परित्याग गरि नेकपा (एमाले)मा प्रवेश गरेको घोषणा गरेका हुन् ।

‘माओवादीको कार्यदिशाले देश र जनताको सेवा गर्न नसक्ने ठहर गर्दै आजको मितिदेखी नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेको कार्यदिशालाई सहमत जनाउँदै नेकपा एमाले प्रवेश गरेको जानकारी गराउँदछु’, परियारले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

No photo description available.

कमेन्टहरु
Loading...