भारतमा कोभिड–१९ संक्रमितको संख्या १ करोड ४० लाख नाघ्यो

एजेन्सी । भारतमा गत २४ घण्टामा थप २ लाखभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएपछि कूल संक्रमितको संख्या १ करोड ४० लाख ७४ हजार भन्दा बढी पुगेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

भारतमा कोरोना भाइरस संक्रमणको माहामारी सुरु भएयता १ दिनमा २ लाख भन्दा बढी संक्रमित हुनु बुधबार पहिलो पटक भएको समाचारमा जनाइएको छ । यसअघि मंगलबार एक दिनमा १ लाख ८४ हजार भन्दा बढी व्यक्ति संक्रमित भएका जनाइएको थियो । कोरोना संक्रमणबाट बुधबार एकैदिनमा १ हजार ३८ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७३ हजार नाघेको छ ।

पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी संक्रमित हुदै आएका थिए भने बुधबार एकैदिनमा २ लाख भन्दा बढी संक्रमित भएका हुन् । यो तथ्यांक्ले भारतमा नयाँ संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ ।

भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म १० करोड ५० लाख भन्दा बढी व्यक्तिहरु खोप लगाइसकेका छन् । रासस

कमेन्टहरु
Loading...