नेपालमा पहिलोपटक ललितपुरका १ जनालाई देखियो म्युटेन्ट भाइरस

काठमाडौं । नेपालमा ५९ वर्षीय १ जना व्यक्तिलाई कोरोना भाइरसको नयाँ प्रजाति डबल म्युटेन्ट भाइरस पुष्टि भएको छ ।

ललितपुरका १ जनालाई नेपालमा कोरोना भाइरसको नयाँ प्रजाति डबल म्युटेन्ट भाइरस संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको हो ।

जीन सिक्वेन्सिङका लागि हङकङ पठाइएको १५ जनाको नमुनामध्ये १ जनालाई कोरोना भाइरसको नयाँ रुप डबल म्युटेन्ट भाइरस संक्रमण पुष्टि भएको महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

डा.पौडेलका अनुसार संक्रमित ५९ वर्षीय व्यक्तिको सम्पर्कमा आएका अन्य व्यक्तिलाई यो भाइरस संक्रमण भएको छ या छैन भन्ने पहिचानका लागि कन्ट्याक ट्रेसिङको काम सुरु गरिएको छ ।

यो भाइरस भारतको नयाँ दिल्ली, राजस्थान, गुजरात लगायतका स्थानमा देखिएको भए पनि नेपालमा भने पहिलोपटक देखिएको हो ।

कमेन्टहरु
Loading...