म्यान्मारमा सुकीलाई फेरि ६ वटा नयाँँ फौजदारी अभियोग लगाइयो

एजेन्सी । म्यान्मारमा सेनाको ‘कू’ पछि अपदस्थ गरिएका नागरिक नेता आङ सान सुकीलाई सोमबार नयाँँ फौजदारी अभियोग लगाइएको उनका वकिलले जानकारी दिएका छन् । उनीमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको छ ।

न्यापिटअ ५ र यांगु एउटा मुद्दा लगाइएको उनका वकिल मीन मीन सो एएफपीलाई बताएका छन् । पछिल्लो आरोप मुलुकको प्राकृतिक प्रकोप व्यवस्थापन कानून अन्तर्गत रहेको पनि वकीलले थप जानकारी दिएका छन् । म्यान्मारको उत्तरपूर्वी बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रत्यक्ष बल प्रयोग गर्दा हिजो मात्र कम्तीमा ८० जनाको ज्यान गएको थियो । म्यान्मारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६ सयभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

सेनाले निर्वाचनका बेला ब्यापक धाँधली भएको दावी गर्दै आएको छ । उक्त चुनावमा आङ सान सुकी र उनको ‘नेसनल लिग फर डिमोक्र्यासी’ दल निर्वाचित भएको थियो । निर्वाचन आयोगले धाँधलीको उक्त दावीलाई खारेज गरिदिएको थियो । रासस

कमेन्टहरु
Loading...