राष्ट्रिय यु–१९ टोलीलाई चौधरी ग्रुपको साथ

काठमाडौं । नेपाली राष्ट्रिय उन्नाइस वर्षमुनि (यु–१९) को क्रिकेट टोलीलाई चौधरी ग्रुपको वाइवाइ चाउचाउले ५ वर्षको लागि प्रायोजन गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आज आयोजित १ कार्यक्रममा ५ वर्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौतासँगै वाइवाइले क्यानलाई अब वार्षिक ७० लाख उपलब्ध गराउने छ ।

हरेक २ वर्षमा १० प्रतिशतले उक्त रकममा वृद्धि हुने सम्झौतामा उल्लेख छ । यस सम्झौतासँगै अब नेपाली यु –१९ क्रिकेट टोलीको नाम वाइवाई यु–१९ क्रिकेट टोली रहनेछ । कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक चौधरीले आफनो संस्थाको मुख्य लक्ष्य क्रिकेट खेलको विकासमा सहयोग गर्ने भन्दै क्यानसँग सहकार्य र क्रिकेटसँग जोडिन पाउँदा खुसी लागेको बताएका छन् ।

त्यस्तै क्यानका अध्यक्ष चन्दले यस सम्झौताले नेपाली क्रिकेट खेलको विकास र विस्तारमा सहयोग पुग्ने भन्दै निजी संस्थाको सहयोग बिना क्रिकेट कार्यक्रम गर्न सम्भव नरहेको बताएका छन् । रासस

कमेन्टहरु
Loading...