तनहुँ संवादाता । शुक्लागण्डकी नगरपालिकाले बाख्रापालनतर्फ आकर्षित कृषकलाई तालिम प्रदान गरेको छ ।
संघीय सरकारबाट बाख्रा प्रवद्र्धन कार्यक्रम शिर्षकमा प्राप्त कार्यक्रम मार्फत शुक्लागण्डकी नगरपालिका पशु सेवा शाखाले नगरपालिकाका १ सय ४० जना किसानलाई बाख्रा पालन सम्बन्धी आधारभूत तालिम प्रदान गरेको हो ।
नगरपालिकाको ५ र १० नम्वर वडाका किसानलाई व्यवसायीक रुपमा बाख्रा पालनमा प्रेरित गराउने उदेश्यले उक्त कार्यक्रम गरिएको हो ।
नगरपालिकाको १० नम्वर वडामा पर्ने मिनमखानीका २९, सोहि वडाका पातिश्वारका २९, छब्दी देउरालीका ३१ र नयाँ गाउँका ५० जना किसानलाई तालिम प्रदान गरिएको पशु सेवा शाखाका प्रविधिक इश्वर रेग्मीले जानकारी दिए ।
‘तालिम संचालन गरेपछि कृषकलाई बाख्रापालन गर्न सहयोग पुग्ने विस्वास गरिएको छ,’ उनले भने ।
कार्यक्रममा बाख्राका जात, खोर व्यवस्थापन, आहारा, यसको महत्व, प्रजनन र यसको असर, आन्तरिक परजिवी, माहामारी र यसका समाधानका उपाय लगातका विषयमा पशु चिकित्सक हुमराज तिमील्सीना र पशु प्राविधिक इश्वर रेग्मीले सहजिकरण गरेका थिए ।
वडा नम्वर ५ का अध्यक्ष दिर्घ बहादुर थापाले बाख्रा पालनलाई व्यवसायिक रुपमा लगि आम्दानीको स्रोत बनाउन तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताए ।
पछिल्लो समय कृषकलाई आत्मनिर्भर बनाउन र आयस्तर बढाउन नगरपालिकाले विभिन्न सीपमुलक तालिमहरु संचालन गर्दै आइरहेको छ ।
कृषिले नै आम्दानीको स्रोत बढाउने भएकाले विभिन्न वडाका कृषकलाई विभिन्न तालिमहरु दिँदै आएको प्रमुख प्रसासकीय अधिकृत गंगालाल सुवेदीले बताए ।
‘कुनैपनि व्यवसाय गर्नुृ अघि तालिमको जरुरत पर्ने भएकाले कृषकलाई आधारभुत तालिमहरु दिँदै आएका हौ,’ उनले भने ।