चियादानीमा ‘मट्का’ र ‘मन्त्री चिया’ को सुरुआती यात्रा

रिना थापा

पोखरा । नेपालमै केही गर्ने हुटहुटीले सुदीप पौडेल विभिन्न पेसा व्यवसाय बारे जानकार लिन भौतारिरहेका थिए । व्यवसायमा लाग्नु अघि त्यस व्यवसायमाबारे उनको अध्ययन चलिरहेको थियो । कृषिदेखि होटल रेष्ट्रोमा आवद्ध व्यवसायिक व्यक्तिसँग जान्ने बुझ्ने मौका जुराइरहेको थिए । तर उनलाई फरक र भिन्न व्यवसाय सञ्चालन गर्नु थियो । त्यसैले चित्त बुझ्दो योजना र सोच पाइरहेका थिएनन् । भिन्न व्यक्तिसँग राय लिँदै गर्दा काठमाडौंको एक गल्लीको चिया पसलमा बस्दै गर्दा उनको दिमागमा सोच आयो ।

त्यति बेला मट्का चिया काठमाडौंमा लोकप्रिय बनिसकेको थियो । मट्का चियाको चुश्की लिँदै गर्दा उनले सोचे पोखरामा चियालाई मात्र केन्द्रित गरेर मट्का चिया छैन । टेबल अगाडि बसेकै दाइसँग सल्लाह गरे । दाईले उनको योजनामा साथ दिने भए । काठमाडौंमा चलेको बिजनेस आउट अफ काठमाडौं भ्याली पनि चल्छ भन्ने उनलाई लाग्यो । त्यसपछि पौडेलले व्यवसायमा एकपाइला अगाडि चाले । अन्तत नयाँ अवसर र चुनौतीको रुपमा साथीभाई चिया गफसँग जमकाभेट हुने स्थानलाई चियादानी बनाउन सफल बने ।

मट्का चियाको व्यवसाय नयाँ थिएन । त्यसैलाई पौडेल त्यसलाई थप आर्कषक बनाउन चाहन्थे । उनले परम्परागत र सामान्यतया तर विशेष रुपमा व्यवसाय सञ्चालन गर्ने भए । अहिले चियादानीमा मट्का चिया मात्र स्पेसल छैन । ग्यारेजका पुराना साम्रागीलाई सदुपयोग गर्दै दिएको सजावटले मानिसलाई आर्कषण गर्छ । ‘मलाई ग्यारेज थिममा सजावट गर्न मन थियो त्यही अनुसार १ जना दाइसँग सल्लाह लिए’ उनले भने, ‘रिसाइकल मेट्रियल प्रयोगमा ल्याउँदा लगानी कम र देख्दा आर्कषक हुने प्रतिक्रिया पाएँ ।’ चिया पसलको सजावटसँगै उनी नामपनि केही खास राख्न चाहन्थे । साथीले अंग्रेजी नाम सुझाउँथे । पौडेललाई सामान्यतया नेपाली भाषामा नाम राख्न मन थियो । नाम खोज्दै जाँदा सुरुआतमा तिनवटा नाम थियो । उनलाई टिपिक्ल नेपाली नाम राख्न मन भएकै कारण चियादानी नाम हुन पुग्यो ।

‘नेपाली नामसँग अथाह प्रेम साथीले अंग्रेजी नाम सजेस्ट गर्नुभएको थियो मैले खोजे हेरे ।’ उनले सुनाए, ‘हामीले केत्तल भन्छौं नि, खासमा चिया राख्ने भाडालाई चियादानी भन्ने रहेछ, यसरी नाम र काम अघि बढ्यो ।’ चियादानी सञ्चालन गर्नुपूर्व उनले १ डेढ वर्ष व्यवसायबारे बुझ्नै समय लिए । फरक–फरक व्यवसायका व्यक्तिसँग उनले व्यवसाय बारे जानकारी लिए । ‘मैले ब्याचलर सकिएको १ डेढ वर्षको अवधिमा फुटसल, केक सप,कृषि, पर्यटन, इभेन्ट म्यानेजमेन्टका बारे अध्यान र अनुसन्धान गरें ।’ उनले भने, ‘सम्बन्धित व्यवसायका मान्छेसँग परार्मश लिन्थें ।’

पोखरामा मट्का चियालाई स्पेशल बनाई सुरुआतमा २६ प्रकारको चियाको स्वाद बेच्ने चियादानीले आजभोलि ४० प्रकारको स्वाद बेच्छ । १० लाख लगानीमा गत वर्ष पुष २६ गतेबाट बगरमा सञ्चालनमा आएको चियादानीले व्यवसायिक हिसाबमा सकारात्मक परिणाम पायो । त्यसको १ महिनामै चितवनामा १५ लाख लगानीमा शाखा सञ्चालन गरे । गत वर्ष फागुनको पहिलो हप्तामा संचालन भएको चितवन शाखा लकडाउनको मर्कामा परिहाल्यो । चैतमा ओपनिङ गर्ने मिति तोकिएको केही दिन अगावै सरकारले देशव्यापी लकडाउन ग¥यो ।

सम्पूर्ण व्यवसाय ठप्प बनिरहेको बेला भर्खर सञ्चालन गरेको व्यवसाय डुब्छ कि भन्ने चिन्ताले पौडेल पिरोलिन थाले । तर सुरुआतदेखिको उनको दौड नेपालमै केही गर्ने थियो । उनी भित्र भएको हुटहुटीले विषम परिस्थितिमा हौसला मिल्यो । ‘भर्खर त सुरु गरेको केही समय पर्खौं न भन्ने आफैंमा विश्वसाले रोकएिको हो । त्यस समय ठूलो कुरा आशा थियो र एउटा सपना ।’ उनले भने, ‘मैले आफ्नो सपना टुट्न नदिन धैर्य गरे त्यसैले अहिले सन्तुष्ट रुपमा चलिरहेको छ ।’ उनी भन्छन्, ‘जस्तो जुसुकै अवस्थामा पुगेपनि यसलाई पिक गराएर लेभलमा पु¥याएर चलाउँछु भन्ने एउटा अठोट थियो म मा ।’ त्यस समय सरकारले युवा व्यवसायका लागि गतिलो कदम नचालेकोमा भने उनले अनन्तुष्टि व्यक्त गरे । सरकारले गरेको लकडाउन अवधिमा व्यक्तिगत रुपमा आफू मात्र चेपुवामा परेको उनको गुनासो छ । ‘त्यस अवस्थामा आँट दिएर सरकारले ‘म छु नि है’ भन्नुपथ्र्यो ।’ उनले भने ।

नयाँ कुरामा अध्यान गरे नेपालमा अवसर र लगानी गर्ने स्थान धेरै रहेको विश्वास गर्ने उनी सरकारले युवा व्यवसायलाई व्यवसायमा केही गर्न सके युवा पलायन हुनुपर्ने स्थिीत नआउने बताउँछन् । सरकारले युवा व्यवसायलाई स्कुलिङ गरेर अवसर प्रदान गरे नेपालमा युवा व्यवसाय धेरै थपिने र आत्मनिर्भर बन्ने उनको भनाई छ । ‘नेपालमा व्यवसाय गर्न मन पराउने युवा थुप्रै छन्, तर कसरी गर्ने कहाँ गर्ने भन्ने अनुभव हुँदैन, आर्थिक अवस्थादेखि हरेक कुराले अठ्एिको हुन्छ ।’ उनले भने ।

व्यवसाय सञ्चालनको सुरुआतमै लकाउनको चेपुवामा परेको व्यवसाय भने अहिले राम्रै चलिरहेको छ । अहिले पौडेलले चिया मात्र बेचेर दैनिक ५ हजारमासम्म आर्जन गरिरहेका छन् । त्यसबाट उनलाई ४० प्रतिशत नाफा हुन्छ ।

अहिले चियादानीमा मट्का चिया बाहेक मन्त्री चिया पनि लोकप्रिय बन्दै गएको छ । चियादानीको आफ्नै फरक स्वादको चिया हो मन्त्री चिया । सुरुआतमा मन्त्री चिया भन्न्ने बित्तिकै हाँस्न थालेपनि आजभोलि मन्त्री चियाको लुक्स र टेस्टलाई चियापारखीले मन पराउन थालेको पौडेल सुनाउँछन् । मन्त्री चियासँगै चियादानी स्पेसल हो ‘मेरो चिया’ ।

अक्सर चिया पिउन चियादानीमा सबै उमेर समूह आइपुग्छन् । जसले गर्दा पोखरामा चिया पारखीको निकै छन् भन्ने बुझिन्छ । पौडेल पोखरा र चितवनमा बराबर चिया पारखीको फलो हुने बताउँछन् ।

कमेन्टहरु
Loading...