खेलकुद विकासका लागि सरकार अग्रसर छः मन्त्री तामाङ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री दावा तामाङले खेलकुदको विकासका लागि सरकारले विभिन्न योजना अगाडि सारेको बताएका छन् । नेपाल सोतोकान कराते डो एसोसियसन (एसकेडियुएन) भक्तपुरले आज आयोजना गरेको चौथो राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप एवं सूर्यविनायक मेयर कप–२०७७ को उद्घाटन गर्दै उनले खेलसँगै खेलाडीको भविष्य पनि सुनिश्चित हुनुपर्ने बताएका हुन् ।

मन्त्री तामाङले नेपालमा खेलको विकास हुँदै आएको चर्चा गर्दै सरकारले खेलका माध्यमबाट पनि राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा नेपालको छवि उच्च राख्ने गरी खेलकुदको विकासमा कदम चालेको बताए । स्थानीयस्तरमा हुने प्रतियोगिताले खेलको विकास र खेलाडीलाई प्रोत्साहन मिल्ने बताउँदै उनले खेलको विकासलाई सन्तोषजनक रुपमा अगाडि बढाउन स्थानीय तहको सहयोग अपरिहार्य रहेको औंल्याएका छन् ।

स्थानीयस्तरबाटै खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहन दिने कार्यक्रम अगाडि बढाउनुपर्ने मन्त्री तामाङको भनाई थियो । रासस

कमेन्टहरु
Loading...