एजेन्सी । भारतमा कोरोना भाइरसबाट एकै दिन झण्डै डेढ लाख संक्रमित भएका छन् ।
यो संख्या कोरोना भाइरस महामारी सुरु भएदेखि अहिलेसम्मकै सबैभन्दा ठूलो भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट १ लाख ४५ हजार ३ सय ८४ जना संक्रमित भएका हुन् ।
यसअघि अघिल्लो एकै दिनमा १ करोड ३२ लाख ५ हजार ९ सय २६ जना कोरोना भाइरसबाट संक्रमित भएका थिए । सरकारी अधिकारीहरुले सोही अवधिमा भारतमा देशभरी कुल ७ सय ९४ जनाको कोरोना भाइरसका कारण ज्यान गएको जानकारी दिएका छन् ।
भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाको संख्या १० लाख ४६ हजार ६ सय ३१ रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शुक्रबार मात्रै ७७ हजार ५ सय ६७ जना कोरोना भाइरस मुक्त भएका छन् भने अहिलेसम्म कोरोना भाइरस मुक्त भएकाको संख्या १ करोड १९ लाख ९० हजार ८ सय ५९ रहेको छ । रासस