एजेन्सी । बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ ।
आज विज्ञप्ति जारी गर्दै बेलायती राजदरबार बकिङ्घमले राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको जानकारी दिएको हो । राजकुमार फिलिपको सन् २०१७ अगाडिदेखि स्वास्थ्य अवस्था बिग्रिएको थियो ।
स्वास्थ्य अवस्थामा समस्या आएदेखि उनले राजदरबारका जिम्मेवारी पनि छाड्दै गएका थिए ।