विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयद्वारा शिक्षा मन्त्रालयसंग आग्रह

काठमाडौं । विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालयसंग आग्रह गरेको छ ।

पछिल्लो पटक भेटिएका कोरोना भाइरस संक्रमित विद्यार्थी समेत रहेकाले विद्यालय बन्द गरेर अनलाइक कक्षा सञ्चालन गर्न आग्रह सहित प्रस्ताव शिक्षमा मन्त्रालयमा पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.समीर अधिकारीले जानकारी दिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो समय भेटिएका कोरोना भाइरस संक्रमितमध्ये १६ प्रतिशत बालबालिका रहेका छन् ।

यता स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले समेत हालको अवस्था तथा बालबालिकालाई जोगाउनका लागि विद्यालय पूर्ण रुपमा अनलाइन माध्यममा जानुपर्नेमा जोड दिएका छन् । एउटा टेलिभिजन च्यानलमा दिएको अन्तरवार्ताका क्रममा स्वास्थ्यमन्त्री त्रिपाठीले विद्यालय तथा कलेज बन्द गरेर अनलाइन कक्षामा जानुपर्ने अवस्था आइसकेको र यसलाई ढिलो गर्न नहुने बताएका छन् ।

पहिलेको जस्तो लकडाउन गर्नुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यसहित अनलाइन कक्षामा जानुपर्नेमा आफूले जोड दिइरहेको उनको भनाई छ । यदि आग्रह नमानेको अवस्थामा केही कठोर निर्णय दिन बाध्य हुनुपर्ने समेत मन्त्री त्रिपाठीले चेतावनी दिएका छन् ।

कमेन्टहरु
Loading...