एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी अप्रिल १२ सोमबारदेखि बेलायतमा लाग्दै आएको लकडाउनमा केही सहज बनाइने बताएका छन् । ‘आगामी सोमबारदेखि अहिलेको लकडाउनको अवस्थामा परिवर्तन गरेर सहज बनाइने छ ।’ उनले भनेका छन् ।
उनका अनुसार लन्डनमा आगामी सोमबारदेखि होटल, रेष्टुरेन्ट, पब र बारहरु खुल्ने भएका छन् । त्यसैगरी जिमखाना, पार्क, चिडियाखाना, पुस्तकालय र सामुदायिक केन्द्र पनि खुला गरिने भएको छ ।
आगामी सोमबारदेखि आवश्यकताका अरु कार्यालय र सेवा क्षेत्र पनि खुला रहने बताइएको छ । प्रधानमन्त्री जोन्सनले सोमबारबाट बेलायत सरकारले २ किसिमको रोडम्याप बनाएर अघि बढ्ने भएको जानकारी दिएका छन् ।
बेलायतमा कोरोना महामारीको दोस्रो वेभका साथ साथै पछिल्लो समयमा यो महामारीको नयाँ प्रजातिको संक्रमण पनि फैलिएकोले महिना दिन भन्दा लामो समयदेखि यहाँको सरकारले लकडाउन नै गरेको छ । रासस