तनहुँ । सडकमा टागिएको नांगो तार सर्ट हुँदा आज साँझ तनहुँमा १ ट्रक जलेर ध्वस्त भएको छ ।
ब्यास नगरपालिका–१ स्थित चारकुनेतर्फ जाँदै गरेको ट्रक अचानक विद्युत् सर्ट हुन जाँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । लु १ ख ८३६२ नम्बरको सो ट्रकमा रहेको पराल जलेर नष्ट भएको छ ।
घटनाको जानकारी पाएलगत्तै व्यास नगरपालिकाबाट गएको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिएका छन् । रासस