दक्षिण अफ्रिकामा मादक पदार्थको बेचविखनमा प्रतिबन्ध

एजेन्सी । दक्षिण अफ्रिकामा इस्टर होलिडेका क्रममा मादक पदार्थको बेचविखनमा प्रतिबन्ध लगाइएको छ ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सो कुराको जानकारी दिएका हुन् । उनले मंगलबार राति गर्नुभएको सम्बोधनका क्रममा सो जानकारी गराएका छन् । दक्षिण अफ्रिकामा पनि पछिल्लो समयमा कोभिड १९ को संक्रमण बढ्दो रुपमा रहेको छ ।

यसैकारणले यहाँ मादक पदार्थको बेचविखनमा प्रतिबन्ध लगाइएको बताइएको छ ।

यहाँको इस्टर पर्वको हप्तामा मादक पदार्थको अत्यधिक मात्रामा विक्री वितरण हुने गरेका र यहाँ पछिल्लो समयमा कोरोनाको संक्रमण बढ्दो रहेकोले पनि यो प्रतिबन्ध लगाइएको यहाँका अधिकारीहरुले जनाएका छन् ।

यहाँ यो इस्टर्न होलिडे मनाउने क्रममा ठूलो संख्यामा मानिस जम्मा हुने भएकाले उनीहरुलाई भेटघाट र जम्मा हुन प्रतिबन्ध लगाइएको बताइएको छ । यहाँ पछिल्लो महिना दिन यतादेखि कोभिडको खोप लगाउने काम सुरु भएको छ ।

चीन र रसियाबाट ल्याइएको कोरोना विरुद्धको खोप दक्षिण अफ्रिकामा दिने गरिएको छ ।

यहाँको स्वास्थ्य सम्बन्धी निकायले दिएको पछिल्लो तथ्यांकअनुसार यहाँ कम्तीमा १५ लाख मानिसलाई संक्रमण भएको छ । त्यसैगरी यहाँ कोरोनाको संक्रमणबाट कम्तीमा ५२ हजारको ज्यान गएको बताइएको समाचारमा उल्लेख छ ।

पछिल्लो समयमा युरोप र अमेरिकामाजस्तै यहाँ कोरोना महामारीको दोस्रो लहर आएकाले त्यसबाट बच्न होटल रेष्टुरेन्ट आदिमा पनि सीमित मानिसमात्र बस्न मिल्ने गरी प्रतिबन्ध लगाइएको छ । रासस

कमेन्टहरु
Loading...