बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता

काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता भएको छ । मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्ष मानिने प्रदेश सांसदले फिर्ता लिएका हुन् । अविश्वासको प्रस्ताव मंगलबार फिर्ता लिइएको एमाले स्थायी कमिटी सदस्य एवं बाग्मती प्रदेशसभा सांसद अष्टलक्ष्मी शाक्यले जानकारी दिएकी छिन् ।

कमेन्टहरु
Loading...