भारतमा कोरोना संक्रमितको संख्या १ करोड २१ लाख

एजेन्सी । भारतमा गत २४ घण्टामा ५६ हजार २ सय ११ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको संख्या १ करोड २० लाख ९५ हजार ८ सय ५५ जना पुगेको छ । सो अवधीमा कोरोना भाइरस संक्रमणबाट २ सय ७१ जनाको ज्यान गएपछि यहाँ कूल मृतकको संख्या १ लाख ६२ हजार १ सय १४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।

कूल संक्रमितमध्ये ५ लाख ४० हजार ७ सय २० जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने एक करोड १३ लाख ९३ हजार २१ जना संक्रमणमुक्त भएका छन् । भारतमा जनवरी १६ बाट कोरोनाविरुद्धको खोप अभियान शुरु भएको थियो ।

सो समयदेखि हालसम्म ६ करोड १० लाखभन्दा बढीले खोप लगाइसकेका छन् ।

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २४ करोड २६ लाख ५० हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ ।

मंगलबार एकै दिनमा ७ लाख ८५ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ । रासस

कमेन्टहरु
Loading...