काठमाडौं । नेपालमा देशैभरीका विद्यालय ४ दिनका लागि बन्द हुने भएको छ ।
वायु प्रदुषण देशभरी बढेको र बालबालिकाको स्वास्थ्यमा गम्भीर असर देखिन सक्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरीका विद्यालय भोलिबाट ४ दिनसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
काठमाडौं उपत्यकासहित देशैभरी शुक्रबार वायु प्रदुषण उच्च रुपले बढेको छ ।
लामो समयदेखि खडेरीले हावा सुख्खा भएको र हावाले पानी पार्ने बाललको ठाउँमा धुलो र धुवाँ लिएर आएको मौसमविदले बताएका छन् । यसका साथै देशका विभिन्न स्थानमा भएको डढेलोले वायु प्रदुषण वृद्धि भएको उनीहरुको भनाई छ ।