काठमाडौं । वायु प्रदुषण बढेको र विद्यार्थीको स्वास्थ्यमा असर गर्ने क्रम बढेको भन्दै सरकारले केही दिनका लागि विद्यालय बन्द गर्ने तयारी गरेको छ । देशभरी वायु प्रदुषण वृद्धि भएपछि वृद्धवृद्धा तथा बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्ने विज्ञले बताइरहँदा सरकारले विद्यालय बन्द गर्ने तयारी गरेको हो ।
बालबालिकालाई वायु प्रदुषणबाट जोगाउन केही दिनका लागि विद्यालय बन्द गर्ने तयारी भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् । चीनले अनुदान स्वरुप उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप हस्तान्तरण कार्यक्रममा बोल्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले वायु प्रदुषण बालबालिकाका लागि हानिकारक हुने भन्दै केही दिनका लागि विद्यालय बन्द गर्ने विषयमा छलफल तथा तयारी भइरहेको बताएका हुन् । यो विषयमा छिट्टै निर्णय लिने उनको भनाई छ ।