मेयरकपको उपाधि बाग्लुङ नगरपालिकालाई

तनहुँ संवादाता । प्रथम मेयर कपको उपाधि बागलुङको गलकोट नगरपालिकाले जितेको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप भलिवल प्रतियोगिताको उपाधि आयोजक शुक्लागण्डकी नगरपालिकालाई पराजित गर्दै बाग्लुङको गलकोट नगरपालिकाले जितेको हो ।

उपाधि चुमेसँगै गलकोट नगरपालिकाले नगद एक लाख ५० हजार रुपैयाँसहित मेडल टफी र प्रमाणपत्र प्राप्त गरेको छ।

त्यस्तै उपविजेता आयोजक शुक्लागण्डकी नगरपालिकाले जितेको छ । शुक्लाले नगद एक लाख रुपैयाँसहित मेडल टफी र प्रशंसापत्र प्राप्त गरेको छ ।

तेस्रो स्थान कास्कीको मादी गाउँपालिका र चौथो तनहुँको घिरिङ गाउँपालिकाले जितेको छ । मादीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्यो भने घिरिङले २५ हजार रुपैयाँ प्राप्त गरेको छ । विजेता टिमलाई गण्डकी प्रदेसका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पुरस्कार प्रदान गर्दै खेलकुदले खेलाडीको स्वास्थ्यमा समेत फाइदा पुग्ने बताए ।

शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा १५ टिमको सहिभागिता रहेको थियो भने प्रतियोगितामा तनहुँसहित कास्की, स्याङजा, नवलपुर लगायतका जिल्लाको सहभागिता रहेको थियो ।

शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित गाउँफर्कोदय माविको खेल मैदानमा प्रतियोगिता संचालन गरिएको नगरप्रमुख किसान गुरुङले बताए । ‘स्वास्थ्यको लागि खेलकुद राष्टको लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगिता संचालन गरिएको हो,’ उनले भने ।

कमेन्टहरु
Loading...