तनहुँ संवादाता । होलीपर्वको अवसरमा जथाभावी रुपमा भिडभाड गर्ने र लोला हान्नेलाई प्रहरीले कारबाही गर्ने भएको छ ।
पछिल्लो समय कोभिड १९ को संक्रमण बढ्दै गएकाले त्यसबाट जोगिनको लागि पनि भिडभाड तथा लोला नहान्न प्रहरीले सर्वसाधारणलाई सचेत गराएको हो ।
हाल विस्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ पुर्ण रुपमा नियन्त्रणमा नआइसकेको र पुन फैलन सक्ने हुँदा सो अवसरलाई मध्यनजर राखी होली पर्व मनाउने क्रममा घरबाहिर निस्की अनावस्यक रुपमा भिडभाड गर्ने, लोला हान्ने क्रियाकलाप नगर्न प्रहरीले अनुरोध गरेको हो ।
उक्त अनुरोधलाई वेवास्ता गरी उल्लेखित कार्य गर्ने गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।
‘उक्त कार्यहरु गरेको थाहा पाएमा जिल्ला प्रहरी कार्यालय तनहुँको हट लाइन नम्वर १०० मा सम्पर्क गरिदिनुहुन समेत अनुरोध गरिएको छ,’ उनले भने ।