तनहुँ संवादाता ।
बन्दीपुर गाउँपालिकाले अपांगता भएका ६ जना व्यक्तिहरुलाई बाख्रा वितरण गरेको छ ।
शनिबार गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले अपांगता भएका व्यक्तिहरुलाई बाख्राको पाठी हस्तान्तरण गरेको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताए ।
गाउँपालिकाले लक्षित वर्ग कार्यक्रम अन्तर्गत वडा नम्वर १ का नाहालामा बाख्राको पाठी वितरण गरेको हो । विसेसगरी गरिव, असहाय तथा नेत्रहीन र अपांगता भएका व्यक्तिलाई छनौट गरी बाख्राको पाठी प्रदान गरिएको हो ।
मुल विउ पुँजी प्रजननयोग्य पाठी प्रदान गरिएको प्रशासकीय अधिकृत सुवेदीले बताए । ‘बाख्राका पाठी पाएपछि उनीहरु पनि उत्साहीत भएका छन्,’ उनले भने ।
पछिल्लो समय बन्दीपुर गाउँपालिकाले जाडोको समयमा वृद्धवृद्धालाई कम्वल, सिरकलगायत न्यानो कपडा प्रदान गरेको छ भने अपांगता भएका व्यक्तिलाई ह्विलचियरसमेत प्रदान गरिसकेको छ ।