खेलकुदले मानिस-मानिसवीचको सम्वन्ध गाँस्छ : कांग्रेस केन्द्रीय सदस्य पौडेल

तनहुँ संवादाता । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले खेलकुदले मानिसमानिस बीचको सम्वन्ध जोड्ने बताएका छन् ।

उनले समाजलाई खेलकुदले जोड्ने भएकाले यसको विकासमा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।

तनहुँको शुक्लागण्डकी नगरपालिकाले शुक्रबारदेखि सुरु गरेको मेयर कपको उद्घाटन गर्दै नेता पौडेलले सो कुरा बताएका हुन् ।

‘अन्र्तराष्टिय जगतमा खेलको महत्व छ, खेलले खेलाडीलाई प्रेम जगाउँछ । खेलाडी कुनै देशका हुँदैनन् कुनै समाजका हुँदेनन् साझा हुन्छन्,’ उनले भने ‘त्यसैले समाजमा खेलकुदको विकास अपरिहार्य छ ।’

शुक्लागण्डकीले प्रदेस जोड्ने काम गरेको छ । विभिन्न जिल्लाबाट आएर खेलाडीले सहभागिता जनाएका छन् जसले गर्दा एक अर्को पालिकावीच मित्रता गास्ने काम समेत भएको उनले बताए ।

गण्डकी प्रदेस स्तरीय मेयर कप पुरुष भलिवल प्रतियोगिता नगरपालिकाले पहिलो पटक आयोजना गरेको हो । चैत १३ देखि सुरु भएको मेयर कप भलिबल प्रतियोगिता १५ गतेसम्म चल्नेछ ।

शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित गाउँफर्कोदय माविको खेल मैदानमा प्रतियोगिता संचालन गरिएको नगरप्रमुख किसान गुरुङले बताए । स्वास्थ्यको लागि खेलकुद राष्टको लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगिता संचालन गरिएको हो ।

प्रतियोगितामा प्रथम हुनेले १ लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान प्राप्त गर्नेछन् । त्यस्तै द्वितीय हुनेले १ लाख र तृतीय हुने टिमले ५० हजार रुपैयाँसहित मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

कमेन्टहरु
Loading...