हंसपुर गाविसको २२ औं गाउँ परिषद सम्पन्न

कास्की, ३० पौष/कास्कीको दक्षिणपूर्वमा अवस्थित हंसपुर गाविसको २२ औं गाउँ परिषद सोमबार सम्पन्न भएको छ ।परिषदमा गाविसका सचिव धर्मदत्त बरालले चालु आर्थिक वर्ष ०७०÷०७१ को लागि ७३ लाख ४५ हजार, ३ सय ८५ रुपैयाँ र आगामी आर्थिक वर्ष ०७१÷०७२ को लागि ७४ लाख ७५ हजार, ४ सय रुपैयाँको अनुमानित प्रस्तावित बजेट प्रस्तुत गरेका थिए । प्रस्तावित बजेट मध्ये ३० प्रतिशत शिक्षा, ३० प्रतिशत लक्ष्यित समुह र ४० प्रतिशत विकास निर्माणका लागि विनियोजन गरिएको उनले बताए ।

त्यसैगरी सामाजिक सुरक्षा भत्तातर्फ चालु आर्थिक वर्ष ०७०÷०७१ को लागि ३२ लाख ७८ हजार, ४ सय रुपैयाँ र आगामी आर्थिक वर्ष ०७१÷०७२ को लागि ३२ लाख ४४ हजार, ४ सय रुपैयाँ विनियोजन गरिएको छ । कार्यक्रमका जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेशप्रसाद अधिकारीले एक समारोहका वीच उद्घाटन गरेका थिए ।

उक्त अवसरमा सेवा निवृत्त हुन लागेका हंसपुर उपस्वास्थ्यचौकीका कार्यरत ग्रामीण स्वास्थ्य कार्यकर्ता युवराज सुवेदीलाई प्रमुख अतिथि जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेशप्रसाद अधिकारीले सम्मान गरेका थिए । साथै कार्यक्रममा आयोजना गरिएको रत्यौली प्रतियोगितामा वडा नम्बर १ र २ को समुह प्रथम, वडा नम्बर ८ का समुह द्वितीय, वडा नम्बर ६ को समुह तृतीय, वडा नम्बर ४ को समुह सान्त्वना भएका थिए । त्यसैगरी काउरे भजन मण्डली समुहले भजन र महिला स्वयंसेविकाको समुहले सचेतनामूलक गीत प्रस्तुत गरिएको थियो ।

गाविसका सचिव धर्मदत्त बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रम र रामकोट उच्च माविका शिक्षक किरणबाबु न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए । परिषद नियमित २२ औं तथा लोकतन्त्र स्थापनापछिको सातौं गाउँ परिषद हो । जनगणना २०६८ का अनुसार गाविसमा ९ सय ६३ घरधुरी र १ हजार ५ सय ८१ पुरुष तथा २ हजार ५४ महिला गरी जम्मा जनसंख्या ३ हजार ६ सय ३५ जना रहेका छन् ।

कमेन्टहरु
Loading...