म्यान्मारमा ६ सय भन्दा बढी प्रदर्शनकारी रिहा

एजेन्सी । म्यान्मारमा ‘कू’ विरोधी प्रदर्शनमा लागेका ६ सय भन्दाबढी भन्दा मानिसलाई बुधबार रिहा गरेको जेलका एक वरिष्ठ अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन् । ‘हामीले आज इन्सेन जेलबाट ३ सय ६० जना पुरुष र २ सय ६८ जना महिलालाई रिहा गरेका छौं ।’ कारागारका एक वरिष्ठ अधिकारीले नाम नबताउने सर्तमा एएफपीलाई बताएका हुन् । म्यान्मारमा सैनिक ‘कू’ सुरु भएयता भएका विरोध प्रदर्शनका क्रममा हालसम्म २ सय ७५ जनाको ज्यान गएको छ । यद्यपी जुन्ता सरकारका प्रवक्ताले भने १ सय ६४ जनाको ज्यान गएको जनाएको छ । सो प्रदर्शन क्रममा २८ सयभन्दा बढी व्यक्ति पक्राउ परेका पनि समाचारमा जनाइएको छ । रासस

कमेन्टहरु
Loading...