एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट २ सय ७५ जनाको ज्यान गएपछि यहाँ कुल मृतकको संख्या १ लाख ६० हजार ४ सय ४१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारी दिएको छ ।
सोही अवधीमा यहाँँ ४७ हजार २ सय ६२ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कुल संक्रमितको संख्या एक करोड १७ लाख ३४ हजार ५८ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कुल संक्रमितमध्ये ३ लाख ६८ हजार ४ सय ५७ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कुल एक करोड १२ लाख ५ हजार १ सय ६० जना संक्रमणमुक्त भएका छन् ।
भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म ५ करोडभन्दा बढीले खोप लगाइसकेका छन् । त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ ।
परिषद्का अनुसार सोमबारसम्म भारतमा २३ करोड ६४ लाख ३८ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । मंगलबार एकै दिनमा १० लाख २५ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ । रासस