अवैध नदिजन्य पदार्थ ओसारपोसार गर्ने ७ टिपर नियन्त्रणमा

तनहुँ संवादाता । अवैध रुपमा नदिजन्य पदार्थ ओसारपोसार गर्ने ७ वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बन्दीपुर गाउँपालिकाको वडा नम्वर ६ सारङघाटमा अवैध रुपमा संचालन भै हाल बन्द रहेको नमुना ग्रिड एण्ड क्रसर उद्योग प्रालिबाट अवैध रुपमा ढुंगा, गिटी बालुवा लोड गरी ओसारपोसार गर्दै गरेको अवस्थामा प्रहरीले टिपरलाई नियन्त्रणमा लिएको हो ।

ग १ क ४३०७, ग १ क ४३३० ग १ ख ७९९७, ग १ ख ९२५३ ग १ क ४१७६,ग १ ख ७८४७ र ग १ क४२८२ नम्वरको टिपरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

‘टिपरले गिटी बालुवा लोड गरी सराङघाटबाट दमौलीतर्फ ल्याउदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो,’ उनले भने।

नियन्त्रणमा लिइएको टिपरलाई बन्दीपुर गाउँपालिकामा पठाइएकोमा कार्यालयले ५२ हजार रुपैयाँ जरिवाना गरि छाडेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

कमेन्टहरु
Loading...