तनहुँ संवादाता ।
आवुँखैरेनी गाउँपालिकाले वडा नम्वर १ वरादीकी एक सय वर्षीया मनकुमारी लामिछानेलाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ ।
आइतबार गाउँपालिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले लामिछानेलाई परिचयपत्र प्रदान गरेकी हुन् ।
परिचयपत्र प्राप्त गरेपछि लामिछानेले आफुलाई निकै खुशी लागेको बताइन् ।
गाउँपालिकाले वडा नम्वर १ बाट जेष्ठ नागरिकलाई परिचयपत्र वितरण सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले बताए ।
परिचयपत्र प्राप्त गरेपछि ज्येष्ठ नागरिकलाई सरकारी अस्पताल, यातायातका सवारीमा आवतजावत गर्दा सहुलियत मिल्नेछ ।
गाउँपालिकाले पहिलो दिन आइतबार ७९ जनालाई परिचयपत्र वितरण गरेको हो ।
गाउँपालिकामा रहेका ६ वटै वडाका ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिने गाउँपालिकाले जनाएको छ ।