एजेन्सी । बाढीले जनजीवन प्रभावित बनेपछि अष्ट्रेलियामा ‘प्राकृतिक विपत्’ घोषणा गरिएको छ । भारी वर्षापछि आएको बाढीका कारण सिड्नीलगायत न्युज साउथ वेल्स राज्यका केही क्षेत्रमा प्राकृतिक विपतको घोषणा गरिएको हो ।
त्यहाँको केन्द्र तथा राज्य सरकारले विपत प्रभावित नागरिकका लागि उद्धार तथा राहत प्रदान गर्न सबै आपतकालीन निकायलाई परिचालन गरेको छ । सिड्नी सहर केही दिनदेखि लगातार परेको वर्षाका कारण जनमग्न भएको छ ।
बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आपतकालीन सुचनालाई ध्यान दिएर सुन्न तथा घरबाहिर ननिस्कन आग्रह गरिएको छ । त्यहाँको मौसमविदले न्यु साउथ वेल्समा अझै केही दिन भारी वर्षा हुने बताएका छन् ।