कर्णाली । नेकपा एमालेले कर्णाली प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले भोलि बिहीबारबाट लागू हुने गरेर उक्त प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
समर्थन फिर्ता लिएसंगै प्रदेश सरकारबाट ३ जना मन्त्रीलाई फिर्ता बोलाइएको एमाले संसदीय दलका नेता यामलाल कंडेलले जानकारी दिएका छन् । नेता कंडेलका अनुसार उनीहरुलाई ५ दिनभित्र फिर्ता हुन निर्देशन दिइएको छ ।
एमालेबाट कर्णाली प्रदेशमा सामाजिक विकासमन्त्री दलबहादुर रावलसहित आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला तथा उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा रहेका छन् ।
सांसद गुलाबजंग शाहसहित, प्लमीक्वारी बोहोरा, यामलाल कंडेल, पदमबहादुर रोकाया, दानसिंह परियार, खड्क खत्री, मिनासिंह रखाल, पद्मा खड्का तथा कौशिलावती खत्री आजको संसदीय दलको बैठकमा सहभागी भएका थिए ।